- असार ०६, २०८०
काठमाडौं । सर्लाहीको गोडैता नगरपालिकामा एक युवकले आत्मदाह प्रयास गरेका छन् ।
गोडैता नगरपालिकाका ३५ वर्षीय विवेक मण्डलले आफूमाथि पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका हुन् ।
रास्वपा सांसद अमरेशकुमार सिंहले सामाजिक सञ्जालमा युवकले आत्मदाह प्रयास गरेकाे जानकारी दिएका छन्। उनलाई अहिले हेलिकप्टरबाट काठमाडौं ल्याउने तयारी गरिएको छ ।
घरपरिवारसँगको विवादपछि उनले यो कार्य गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ ।
टिप्पणीहरू: