मङ्गलबार, ३० असार २०८३

मिडियाको गेटमा गाडी तेर्साउनेहरूको खोजी भइरहेको छ, कार्वाही हुन्छ : शिक्षामन्त्री


काठमाडौं । शिक्षामन्त्री सस्मित पोखरेलले मिडियाको गेटमा गाडी तेर्साउनेहरूको खोजी भइरहेको बताएका छन्।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री पाेखरेलले  मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारको तर्फबाट गरिएको भन्ने आरोपलाई अस्वीकार गरे।

 ‘सरकारले गर्ने भएको भए नेपाल प्रहरी त गृह मन्त्रालयको अन्तर्गत हो। गृह मन्त्रालयले त्यसरी खोजी गर्दैनथ्यो होला। प्रहरीले यसमा को–को संलग्न हुनुभएको छ, सबैको खोजी हुँदै छ।’

उनले जुनसुकै पार्टीको भए पनि आरोप प्रमाणित भए कारबाही हुने दाबी गरे ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ