मङ्गलबार, २२ वैशाख २०८३

उर्लिएकाे राेशीमा फसेका ८९ जनाकाे सकुशल उद्धार


काठमाडाैं । रोशीको भेलमा फसेका ८९ यात्रुको सुरक्षाकर्मीले मध्यराति सकुशल उद्धार गरेकाे छ ।

मंगलबार साँझदेखि भएको वर्षाको कारण रोशी खोलाको बहाव बढ्दा पाँच वटा माइक्रोबस रोशी गाउँपालिका–७ घुमाउने चारसय वेशीस्थित रोशी खोलामा फसेका थिए। 

पूर्वतर्फबाट काठमाडौँ आउँदै गरेका ५ वटा माइक्रोबसका ८९ जना यात्रु खोलामा फसेपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली उद्धारमा खटिएको थियो।

सुरक्षा निकायहरूको संयुक्त प्रयासमा बुधबार बिहान करिब १ बजे सबै यात्रुको सफल उद्धार गरी सुरक्षित रूपमा गन्तव्यतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरीक्षक  रविन विष्टले जानकारी दिए।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ