शनिबार, ०१ कात्तिक २०८२

गृहमन्त्रीको दबाबमा तोडफोडमा संलग्न ७१ जनालाई उन्मुक्ति


काठमाडौं । जेनजी आन्दोलनका क्रममा विध्वंसात्मक घटनामा संलग्न भएबापत पक्राउ परेका मध्ये ७१ जनालाई गृहमन्त्री ओमप्रकाश अर्यालको  निर्देशनमा हाजिरी जमानीमा छाडिएको छ ।

जेनजी प्रदर्शनकीको क्रममा विभिन्न ठाउँमा लुटपाटमा संलग्नहरु मध्ये ८३ जना पक्राउ परेका मध्ये प्रहरीले १२ जनालाई मात्रै मुद्दा चलाएको छ । ‘कतिपय गम्भिर प्रकृतिका घटनामा संलग्न छन्, जसलाई हाजिरी जवानीमा छाड्नै मिल्दैन तर, गृहको दबाबले छाड्नु परेको छ ।’ एक प्रहरी अधिकृतले गुनासो गरे ।

काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहको सिफारिसमा गृहमन्त्री नियुक्त भएका अर्याल मुलुकको परिस्थिती भन्दा पनि बालेनको निर्देशन अनुसार चल्न चाहन्छन् । दुई वर्ष अघि नै सिंहदरबार जलाउछु भनेर घोषणा गरेका बालेन जेनजी आन्दोलनको क्रममा भएको तोडफोडमा संलग्नलाई राजनीतिक आवरण दिएर कार्वाहीमुक्त गराउनुपर्ने मान्यतामा छन् । गृहमन्त्री अर्यालले पनि बालेनकै शैलिलाई पच्छ्याएका छन् ।

ओली र लेखकतीर नजर लगाउदा...

सुशीला कार्की प्रधानमन्त्री नियुक्त भए लगत्तै बालेनको निर्देशनमा जेनजी समुहको माग भन्दै सुदन गुरुङलगायतले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालिन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न दबाब दियो । तर, प्रहरीले उक्त आग्रह सहजै स्वीकारेन । ओली, लेखकलगायतलाई विधिसम्वत पक्राउ गर्नुपर्ने अडानमा प्रहरी रहेपछि गृहमन्त्री प्रहरीप्रति पनि रुष्ट छन् ।

बदलामा कांग्रेस कांग्रेस एमाले कार्यकर्ताले विभिन्न ठाउँमा बालेन र सुदनविरुद्ध किटानी जाहेरी दिन थालेपछि गृहमन्त्री अर्याल थप तनाबमा छन् ।

‘जेनजी’कै कारण जेनजी बद्नाम

विभिन्न ठगी र चोरीका मुद्दामा संलग्न केही युवाहरुले विभिन्न सरकारी कार्यालयमा गएर धम्क्याउन थालेपछि खास जेनजीहरु बद्नाम हुने खतरा बढेको छ । 
अख्तियार दुरुपयोग अनुसन्धान अयोग, नेपाल नागरिक उड्डयन प्राधिकरणलगायतका कार्यलय पुगेका धाम्कि दिएको अभियोगमा अछामका अर्जुन बहादुर शाही पक्राउ परेका छन् । शाहीले आतंक मच्चाएको एक हप्तापछि व्यापक गुनासो बढेपछि मात्रै प्रहरीले पक्राउ गरेको हो । यस अघि नै विभिन्न अपराधमा संलग्न शाही पछिल्लो समय जेनजीका नाममा धम्कि दिँदै हिँडेका थिए ।

तोडफोडमा संलग्न एवं व्यवसायीलाई धम्कि दिने समुहप्रति गृहमन्त्री अर्याल नरम भइदिँदा मुलुकमा अराजकता फैलने खतरा उत्तिकै बढेको छ ।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ