- भदौ ०२, २०८१
भारत। काश्मीरमा आएको बाढीका कारण कम्तीमा ६० जनाको मृत्यु भएको पुष्टि गर्दै उद्धार कार्य जारी रहेको भारतीय उद्धार टोलीले शुक्रबार जनाएका छन्।
कश्मीरको किश्तवार जिल्लाको हिमाली गाउँमा भारी वर्षापछि आएको बाढीले गर्दा हिन्दू तीर्थयात्रीसहित दर्जनौँ बेपत्ता भएको उनीहरुले जनाएका छन्। उद्धार टोलीका अनुसार या महिना भारतमा यो वर्ष आएको दोस्रो ठुलो घातक बाढीजन्य प्रकोप हो।
अधिकारीहरूले चिसोटी गाउँस्थित अस्थायी भान्साबाट १०० भन्दा बढी तीर्थयात्रीहरूलाई बगाएको कस्मिरका मुख्यमन्त्री उमर अब्दुल्लाहले बताएका छन्।
बाढीले पहाडबाट झारेको माटो, ठुला ढुङ्गाहरू र भग्नावशेषहरू उत्खनन गर्न आवाश्यक मेसिन तथा सैनिकहरू ‘कठोर मौसम र दुर्गम भूभागको सामना गर्दै घाइतेहरूको उद्धारमा संलग्न रहेको’ जनाइएको छ।
विपद् व्यवस्थापनका एकजना शीर्ष अधिकारी मोहम्मद इर्शादलाई उदृत गर्दै एएफपीले ‘६० जनाको मृत्यु भएको रेकर्ड गरिएको’ उल्लेख गरेको छ।
‘बेपत्ता व्यक्तिहरूको खोजी तीव्र पारिएको जनाउँदै इर्शादले करिब ५० जना गम्भीर घाइतेहरूलाई अस्पताल लगिएको बताएका छन्।
गत अगस्ट ५ मा भारतको उत्तराखण्डमा आएको बाढी जन्य प्रकोपबाट मृत्यु हुनेको सङ्ख्या ७० भन्दा बढी पुगेको छ।
संयुक्त राष्ट्रसङ्घको विश्व मौसम विज्ञान सङ्गठनले गत वर्षको तीव्र बाढी र खडेरी जलवायु परिवर्तनले जल चक्रलाई प्रभावित बनाएको कारण ‘मौसमी सङ्कट’ वृद्धि भएको बताएको छ।
आँधीका कारण सडकहरू पहिले नै क्षतिग्रस्त भइसकेकाले यस क्षेत्रको मुख्य सहर श्रीनगरबाट सडकमार्फत २०० किलोमिटरभन्दा बढी भाग बाढीका कारण क्षति भएको जनाइएको छ।
प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार नयाँ दिल्लीमा आफ्नो स्वतन्त्रता दिवसको अवसरमा दिएको भाषणमा समेत उक्त विपत्तिलाई सम्बोधन गरेका छन्।
‘पछिल्ला केही दिनदेखि हामीले प्राकृतिक प्रकोप, बाढी पहिरोलगायतका प्रकोपहरूको सामना गरिरहेका छौं,’ मोदीले आफ्नो सार्वजनिक सम्बोधनमा भने।
उनले प्रभावित जनताप्रति सहानुभूति व्यक्त गर्दै प्रकेपको सामना गर्न प्रदेश सरकार र केन्द्र सरकार मिलेर काम गरिरहेको बताएका छन्।
टिप्पणीहरू: