- असार ०७, २०८०
अमरगढी (डडेल्धुरा) । परशुराम नगरपालिका–७ सादनी निवासी १३ वर्षीय किशोर प्रकाश भट्टराईको सर्पले डसेर मृत्यु भएको छ ।
जोगबुडास्थित इलाका प्रहरी कार्यालयका प्रमुख सुरेश रोकायाका अनुसार आज बिहान शौचालय गएका उनलाई सर्पले डसेको हो । तत्काल अस्पताल पु-याइएका उनको उपचारका क्रममा मृत्यु भएको हो । उनी स्थानीय शिवशङ्कर माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत थिए।
टिप्पणीहरू: