शुक्रबार, ०९ साउन २०८२

युवराज अधिकारीको  ‘युद्ध, युद्ध नै हुन्छ’ सार्वजनिक


काठमाडौँ । कवि युवराज अधिकारीको  कविता सङ्ग्रह ‘युद्ध, युद्ध नै हुन्छ’ सार्वजनिक भएको छ । 

उक्त कृतिको शनिबार आयोजित एक कार्यक्रमकाबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले विमोचन गरे ।

एपेके नेपालका अध्यक्ष कवि विश्वविमोहन श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा कवि अधिकारीले लोकार्पित कविता सङ्ग्रहका  कविता पनि वाचन गरेका थिए

कलाकार दिनेश डिसीले सञ्चालन गरेकाे कार्यक्रममा पर्यटनमन्त्रीसहित कवि तुलसी दिवस, साहित्यकार प्रकाश सायमी, कलाकार द्वय विजय लामा, निखिल उप्रेती र राजेन्द्र शलभले पनि कवि अधिकारीका बारेमा बोलेका थिए ।

लोकार्पित सङ्ग्रहभित्रको आमा शीर्षकको कवितालाई रङ्गकर्मी वीरेन्द्र हमालको निर्देशनमा १२ जना कलाकारले नाटकका रुपमा अभिनय गरेका थिए ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ