सोमबार, २३ चैत २०८२

‘सानुभाइ’ भनिने युवराज गुरुङ पक्राउ


काठमाडौं । ‘सानुभाइ’ भनिने युवराज गुरुङ पक्राउ परेका छन् । गुण्डागर्दीको आरोपमा पटक पटक पक्राउ पर्दै र छुट्दै आएका गुरुङलाई गएराति सामाखुसीबाट पक्राउ गरेको एसएसपी रमेश थापाले जानकारी दिए ।

 प्रहरी इन्काउन्टरमा मारिएका कुमार घैंटे समुहका गुरुङ नुवाकोटको ककनी गाउँपालिका–५ घर भएका हुन् । हाल टोखा स्थित सुर्यदर्शन हाइटमा बस्ने ३३ वर्षीय सानुभाइ सानुभाइ कुमार श्रेष्ठ ‘घैँटे’का सहयोगी हुन् ।

सानुभाइ अहिले आठौँ  पटक पक्राउ परेकाे प्रहरीले जनाएकाे छ। अहिले उनी जेलमा रहेका समिरमान सिंह बस्नेत निकट मानिन्छन् । 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ