बुधबार, ३० वैशाख २०८३

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु


बरहथवा (सर्लाही) । रामनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने अर्का एक युवक गम्भीर घाइते भएका छन् ।

गए राति बरहथवाबाट मधुवनीतर्फ गइरहेको ज७प २६१३ नम्बरको मोटरसाइकल नयाँरोड–मधुवनी सडकखण्डअन्तर्गत रामनगर गाउँपालिका–५ वैजनाथ चोकमा दुर्घटना हुँदा मोटरसाइकल चालक भारतको सीतामढी ग्रामपञ्चायत ढेगका ३५ वर्षीय गौरव पटेलको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सरोज राईका अनुसार मोटरसाइकलमा सवार २३ वर्षका सोही स्थानका  उज्ज्वल पटेल गम्भीर घाइते भएका छन् । निजको  सीतामढीमा उपचार भइरहेको उनले जानकारी दिए। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ