शुक्रबार, ०५ मंसिर २०८२

मधेस सरकार गठनविरुद्धकाे रिट न्यायाधीशद्वय श्रेष्ठ र निरौलाको संयुक्त इजलासमा


फाइल तस्बिर

काठमाडौँ। मधेस प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध ७४ जना सांसदले दायर गरेको रिटमा आज सर्वोच्च अदालतमा पेसी तोकिएको छ।

सर्वोच्चका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नृपध्वज निरौलाको संयुक्त इजलासमा पेसी तोकिएको हो।

संविधानको धारा १६८ को उपधारा ३ बमोजिम गठन भएको सरकारविरुद्ध मधेसका ७४ सांसदले गत मंगलबार सर्वोच्चमा रिट दर्ता गराएका थिए।

मधेसका तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले गत साेमबार बिहानै एमाले नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री पदमा नियुक्त गरेपछि कांग्रेससहितका ७ राजनीतिक दल नेपालको संविधानको धारा १६८ को उपधारा–२ बमोजिम सर्वोच्च पुगेका थिए। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ