- असार ०७, २०८०
काठमाडाैं । संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मधेश सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । रक्कीप्रसाद साह र सुजित यादवले आज रिट दायर गरेका हुन् ।
मधेश प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्रीको कार्यालय र मधेश प्रदेश सभालाई विपक्षी बनाएर रिट दायर गरिएको हो ।
संविधानको धारा १६८ को उपधारा २ जीवित रहेको अवस्थामा ३ अनुसार प्रदेश प्रमुखले सरकार गठन गर्नु असंवैधानिक रहेको रिटमा जिकिर गरिएको छ ।
साेमबार बिहान प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले एमाले नेता सराेज कुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् ।
मुख्यमन्त्री नियुक्तविरुद्ध अहिले मधेश प्रदेशमा आन्दाेलन सुरु भएकाे छ ।
टिप्पणीहरू: