शुक्रबार, ०८ साउन २०८३

स्वकीय सचिवको निर्णयविरुद्ध सर्वोच्चमा रिट


 काठमाडौं । संघीय सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुई रिट निवेदन दर्ता भएका छन् ।

अधिवक्ता डा. प्रेमराज सिलवाल र मनिराम उपाध्यायले शुक्रबार सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदनहरू दर्ता गराएका हुन् ।

स्वकीय सचिव राख्नदिने निर्णयले राज्यकोषमा अनावश्यक भार पर्ने दावी गर्दै उनीहरूले सरकारको निर्णय बदर हुनुपर्ने माग गरेका हुन् ।

उनीहरूले प्रधानमन्त्री बालेन शाह, प्रधानमन्त्री कार्यालय, कानून मन्त्रालय, सभामुख, प्रतिनिधिसभा लगायतलाई विपक्षी बनाएका छन् । 

सुशीला कार्की नेतृत्व सरकारे सांसदहरुकाे स्वकीय सचिव खारेज गरेकाे थियाे । बालेन शाह प्रधानमन्त्री भएपछि उक्त निर्णय उल्ट्याउदै स्कीय सचिव राख्ने निर्णय गरेका थिए ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ