बिहिबार, २० कात्तिक २०८२

टंक बुढाथाेकीले किन भने मसँगै अशाेकले पनि हार्दैछ ?


काठमाडाैं । संगीतकार टंक बुढाथाेकीले आफुसँगै बालगायक अशाेक दर्जीले पनि हारेकाे बताएका छन् ।

आफुले निर्माण गरेकाे चलचित्र 'मन बिनाकाे धन'लाई हलहरुले शाे उपलब्ध नगराएकाे भन्दै उनले आफुले हारेकाे बताएका हुन् । 

'म हार्दैछु , मलाइ हराउन धेरै लागे , सधै लागे .... ठीकै छ…  सिनेमाघर सञ्चालकहरूले '' मन बिनाको धन '' लाइ नपत्याए पनि, हामीलाई हजुरहरुले पत्याउनु भएको छ ।' सामाजिक सञ्जाल फेशबुकमा लेखेका छन् ।

भोलीबाट प्रदर्शन हुने हाम्रो चलचित्र “मन बिनाको धन '' लाई हल सञ्चालकले असाध्यै कम शो थाेरै उपलब्ध गराएका छन् । बुढाथाेकीले बनाएकाे उक्त चलचिमा अशाेक दर्जीले मुख्य भुमिका निर्वाह गरेका छन् । भाेलीबाटै उपेन्द्र सुब्बा निर्देशित जारी २ पनि प्रर्दशन हुने भएकाे छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ