सोमबार, २९ असार २०८३

मिडिया हाउसकाे गेटमा एकाबिहानै कसले राख्याे गाडी ?


काठमाडाैं ।  काठमाडौंबाट सञ्चालित मिडिया हाउसका कार्यालयअगाडि एकाविहानै अपरिचित व्यक्तिले निजी सवारीसाधन छाडेर हिँडेपछि ति गाडी कसका हुन् र किन राखिए अनुसन्धान सुरु भएकाे छ ।

कार्यालय प्रवेशमै अप्ठ्याराे पर्नेगरी अपरिचित व्यक्तिले गाडी राखेपछि प्रहरीले अनुसन्धान सुरु गरेकाे छ । कान्तिपुरकाे गेट अगाडी राखिएकाे गाडी भरखरै ट्राफिक प्रहरीकाे सहयाेगमा हटाएकाे कान्तिपुरका पत्रकार मातृका दाहालले जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल फेशबुकमा गाडी हटाउदै गरेकाे भिडियाे राखेका छन् ।

आज बिहान कान्तिपुर मिडिया ग्रुप, अनलाइनखबर डटकम, हिमालय टीभी, बाह्रखरी मिडियाका कार्यालयअगाडि निजी कार शंकास्पद अवस्थामा राखिएको भेटिएकाे हाे । 

हिमालय टेलिभिजन र अनलाइन खबर अनलाइनका ग्रुप सम्पादक उमेश चौहानले मिडिया हाउसका कार्यालयअगाडि शंकास्पद रूपमा गाडी पार्किङ हुँदा बाधा परेको लेखेका छन् ।

कार्यालय प्रवेशमै अवरोध हुने गरी कसले गाडी रोकेको हो भन्ने पहिचान भएको छैन । प्रहरीले ती शंकास्पद गाडीको पहिचान गर्ने तयारी गरेको जनाएको छ ।

त्यसरी गाडी राखिएकाे विषयमा चासाे राख्दै पत्रकार महासंघले विज्ञप्ती जारी गरेकाे छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ