सोमबार, २७ असोज २०८२

ओलीको तत्कालै राजीनामा माग्ने पाँच जना को हुन् ?


काठमाडौं । भक्तपुरको गुण्डुमा सम्पन्न एमाले सचिवालय बैठकमा सचिवालयमा पाँच जना सदस्यले पार्टी अध्यक्ष ओलीले तत्कालै राजीनामा दिनु पर्ने माग गरेका छन् ।

त्यसरी राजनीनामा माग्नेमा उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र सुरेन्द्र पाण्डे रेहका छन् । त्यस्तै सचिवद्धय योगेश भट्टराई र गोकर्ण विष्टले पनि पार्टीका हितका लागि ओलीले तत्कालै राजीनामा दिन उपयुक्त हुने धारणा राखे । बाँकी सचिवालय सदस्यले भने महाधिवेशनबाटै टुंगो लगाउनु पर्ने धारणा राखे ।

पार्टीमा आफ्नो राजीनामा माग हुन सक्ने छनक पाएका ओलीले बैठक अगाडी नै सचिवालय सदस्यहरुसँग छुट्टा छुट्टै भेट गरेर आफ्नो बताउका लागि आग्रह गरेका थिए । महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदिप ज्ञवालीले ओलीको बचाउका लागि अग्रसरता लिएका थिए ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सेनाको हेलिकोप्टर मार्फत बालुवाटारबाट भागेको ओली नौ दिनसम्म सेनाको सुरक्षामा बसेर फर्किएका थिए । सरकारले उनको पासपोर्ट रोक्का गरेको छ । यसैबीच एमालेले संसद पुर्नस्थापनाका लागि अदालत जाने निर्णय गरेको छ भने, आगामी मंसिरमा महाधिवेशन गर्ने भएको छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ