- असार ०६, २०८०
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पूर्वराष्ट्रपति तथा एमाले नेतृ विद्या भण्डारीबीच भेटघाट भएकाे छ ।
भण्डारीको निजी निवास भंगालमा डा. कोइराला र भण्डारीबीच भएको भेटवार्तामा भण्डारीले आफू राजनीतिमा हामफालेको भन्दै नैतिक समर्थन मागेकी छन् ।
डा. शेखरले आफ्नो नैतिक समर्थन रहने भन्दै आफूले थालेको भ्रष्टाचारविरुद्धको अभियानमा अलग पार्टीका तर्फबाट साथ दिन र बोल्न आग्रह गरेका छन् ।
दुई नेताबीच आआफ्नो ठाउँबाट साझा मुद्दामा सहकार्य गर्ने समझदारी कायम भएको बताइएको छ ।
टिप्पणीहरू: