शनिबार, १२ वैशाख २०८३

नवनियुक्त प्रधानमन्त्री बालेन र मन्त्रीहरूकाे शपथमा जे देखियाे (तस्बिरहरू)


काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले पद तथा गोपनीयताको शपथ लिएका छन्।

राष्ट्रपति पौडेलले राष्ट्रपतिको कार्यालयमा आज आयोजित विशेष समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका नेता शाहलाई शपथ गराएका हुन्।

राष्ट्रपति पौडेलले आजै बिहान उनलाई नेपालको संविधानको धारा, ७६ को उपधारा (१) बमोजिम प्रधानमन्त्री पदमा नियुक्त गरेका थिए।

यसैगरी प्रधानमन्त्रीसँगै नवनियुक्त मन्त्रीहरूले पनि शपथ लिएका छन्।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, निवर्तमानप्रधानमन्त्री सुशीला कार्की र पूर्व प्रधानमन्त्रीहरु उपस्थित थिए।

समारोहमा संवैधानिक निकायका प्रमुख, सरकारका विशिष्ट श्रेणीका अधिकृत, सुरक्षा निकायका प्रमुख, यहाँस्थित विभिन्न कूटनीतिक नियोगका पदाधिकारीलगायत उपस्थित थिए।

प्रधानमन्त्रीको शपथ पहिलोपटक वैदिक–सनातन परम्परा झल्किने गरी गरिएको थियो। समारोहमा सात शङ्खबाट शङ्खनादसँगै १०८ जना वटुकले स्वस्ति–शान्ति वाचन र १०८ बौद्ध भिक्षु लामाले शुभ–मङ्गल पाठ गरेका थिए।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ