बिहिबार, २० कात्तिक २०८२

माओवादीले गर्न नसकेकाे काम जेनजीले गरे, धन्यवाद दिनु पर्छ : विप्लव


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द्र विप्लवले जनयुद्ध जस्तै जेनजी विद्रोह पनि तुहिने खतरा बढेको बताएका छन् ।

सर्वपक्षीय सरकारको माग गर्दै काठमाडौंमा प्रदर्शनपछिको सभामा बोल्दै अध्यक्ष विप्लवले माओवादीले जेनजी युवाहरूलाई धन्यवाद दिनुपर्ने बताए ।

शासकको अहंकारले जेनजी विद्रोह विस्फोट भएको उनकाे भनाई थियाे । 

जेनजी कुनै पार्टी नभएको बताउँदै विप्लवले पार्टीले गर्न नसकेको काम जेनजीले गरेको भन्दै सबैले धन्यवाद दिनुपर्ने बताए ।

जेनजी विद्रोहले मुलुक नयाँ मोडमा आइपुगेको बताउँदै उनले नेपालमा संसदीय व्यवस्था नराम्रोसँग असफल भएको धारणा राखे ।

भ्रष्टाचारको अन्त्य, संसदको विघटन, नयाँ संविधानको पुर्नलेखन, प्रत्यक्ष कार्यकारीको निर्वाचनको माग राख्दै जेनजीहरूले नारा लगाइरहँदा आफ्नो पार्टीले पनि पहिलो दिनदेखि नै समर्थन जनाएको उनले बताए ।

तर, आन्दोलनको दुई दिन पछि बनेको अन्तरिम सरकार हेर्दा जेनजी विद्रोह तुहिने खतरा देखिएको उनको आरोप छ ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ