बिहिबार, २१ जेठ २०८३
उत्तर कोरियाको रहस्य : किम जोङ उन किन आफ्नी आमाको बारेमा कहिल्यै कुरा गर्दैनन्

उत्तर कोरियाली नेता किम जोङ उनको वरिपरि रहेका रहस्यहरू मध्ये, उनकी आमाको वरिपरिको गोप्यता स्पष्ट देखिन्छ।



माओवादीले गर्न नसकेकाे काम जेनजीले गरे, धन्यवाद दिनु पर्छ : विप्लव
बिहिबार, २१ जेठ २०८३

माओवादीले गर्न नसकेकाे काम जेनजीले गरे, धन्यवाद दिनु पर्छ : विप्लव


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द्र विप्लवले जनयुद्ध जस्तै जेनजी विद्रोह पनि तुहिने खतरा बढेको बताएका छन् ।

सर्वपक्षीय सरकारको माग गर्दै काठमाडौंमा प्रदर्शनपछिको सभामा बोल्दै अध्यक्ष विप्लवले माओवादीले जेनजी युवाहरूलाई धन्यवाद दिनुपर्ने बताए ।

शासकको अहंकारले जेनजी विद्रोह विस्फोट भएको उनकाे भनाई थियाे । 

जेनजी कुनै पार्टी नभएको बताउँदै विप्लवले पार्टीले गर्न नसकेको काम जेनजीले गरेको भन्दै सबैले धन्यवाद दिनुपर्ने बताए ।

जेनजी विद्रोहले मुलुक नयाँ मोडमा आइपुगेको बताउँदै उनले नेपालमा संसदीय व्यवस्था नराम्रोसँग असफल भएको धारणा राखे ।

भ्रष्टाचारको अन्त्य, संसदको विघटन, नयाँ संविधानको पुर्नलेखन, प्रत्यक्ष कार्यकारीको निर्वाचनको माग राख्दै जेनजीहरूले नारा लगाइरहँदा आफ्नो पार्टीले पनि पहिलो दिनदेखि नै समर्थन जनाएको उनले बताए ।

तर, आन्दोलनको दुई दिन पछि बनेको अन्तरिम सरकार हेर्दा जेनजी विद्रोह तुहिने खतरा देखिएको उनको आरोप छ ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ