- भदौ ०२, २०८१
हरियाणा । हरियाणाको पञ्चकुलमा एकै परिवारका सात जनाले विष पिएर सामुहिक आत्महत्या गरेका छन् । बागेश्वर धामको हनुमन्त कथामा सहभागी भएर फर्किने क्रममा उनीहरुले सामुहिक आत्महत्या गरेका थिए ।
आत्महत्या भएको ठाउँ नजिकै घर भएका पुनीत रानाका अनुसार कसैले फोन उनलाई घरको छेउमा नयाँ गाडी रोकिएको जानकारी दिएको थियो । गाडीमाथी एउटा रुमाल पनि थियो ।
पुनीत गाडी भएको ठाउँमा पुग्दा परिवारका मुख्य व्यक्ति प्रवीण मित्तल बोल्न सक्ने अवस्थामा थिए ।
पुनितका अनुसार प्रविणले सुरुमा बाबाकोमा गएर आएको होटल नपाएर गाडीमै सुतेको बताए । जब पुनितले गाडी हटाउन आग्रह गरे प्रविणले भने ‘हामी निकै ठूलो ऋणमा छौं सबै जनाले विष पिएका छौं । गाडी भित्र भएका अन्य सदस्य बान्ता गरिरहेका थिए । केही समपछि प्रहरी आइपुग्यो । त्यति वेलासम्म गाडीभित्र भएका बालबालिका बोल्न सक्ने अवस्थामा थिएनन् । एकैछिनमा प्रविणको पनि मृत्यु भयो ।
टिप्पणीहरू: