बिहिबार, २१ जेठ २०८३
उत्तर कोरियाको रहस्य : किम जोङ उन किन आफ्नी आमाको बारेमा कहिल्यै कुरा गर्दैनन्

उत्तर कोरियाली नेता किम जोङ उनको वरिपरि रहेका रहस्यहरू मध्ये, उनकी आमाको वरिपरिको गोप्यता स्पष्ट देखिन्छ।



नेकपा बनाएर किन जोगाउन सकेनौँ, गम्भीर आत्मसमीक्षा गर्नुपर्छ : खनाल
बिहिबार, २१ जेठ २०८३

नेकपा बनाएर किन जोगाउन सकेनौँ, गम्भीर आत्मसमीक्षा गर्नुपर्छ : खनाल


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले कम्युनिष्ट पार्टीबीचको एकता अहिलेको आवश्यकता भएको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र एकीकृत समाजवादीसहित विभिन्न १० वामपन्थी पार्टीबीचको एकता राष्ट्रिय सम्मेलनलाई आज यहाँ सम्बोधन गर्दै उनले भने, “कम्युनिष्ट पार्टीलाई एकताबद्ध बनाउँन चाहन्छौँ, पहिलेको परिस्थितिमा वामपन्थीहरूको एकता र सिङ्गो राष्ट्रको एकता हो र यो आजको आवश्यकता पनि हो ।”

 एकीकृत समाजवादीको तर्फबाट धारणा राख्दै नेता खनालले जनतामा भएको परिवर्तनको भावनालाई कसैले रोक्न नसक्ने बताए । नेपाली कम्युनिष्ट पार्टीले जनभावनालाई सम्बोधन गर्ने उनले विश्वास व्यक्त गरे । “आज नयाँ अवस्थामा पार्टीलाई एकतामा रुपान्तरण गरेका छौँ, तत्कालीन अवस्थामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनायौँ, तर किन जोगाउन सकेनौँ ? गम्भीर आत्मसमीक्षा गर्नुपर्छ”, उनले भने ।”

 नेता खनालले गल्ती कमजोरी स्वीकार गरेर एकता प्रकियामा आउन सबैमा आह्वान गरे । कम्युनिष्ट आन्दोलनभित्र देखिएका अन्तरविरोधलाई समाधान गरेर वैज्ञानिक समाजवादको यात्रामा अघि बढ्नुपर्ने उनको भनाइ छ । उनले नवगठित पार्टीमा ५० प्रतिशत युवा प्रतिनिधित्व गराउनुपर्नेमा जोड दिए ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ