बिहिबार, २१ जेठ २०८३
उत्तर कोरियाको रहस्य : किम जोङ उन किन आफ्नी आमाको बारेमा कहिल्यै कुरा गर्दैनन्

उत्तर कोरियाली नेता किम जोङ उनको वरिपरि रहेका रहस्यहरू मध्ये, उनकी आमाको वरिपरिको गोप्यता स्पष्ट देखिन्छ।



बलात्कारीलाई न्यायाधीशले छाड्ने आदेश दिएपछि पीडित युवतीले विष खाइन्
शुक्रबार, २२ जेठ २०८३

बलात्कारीलाई न्यायाधीशले छाड्ने आदेश दिएपछि पीडित युवतीले विष खाइन्


काठमाडौं । उच्च अदालत पाटनका न्यायधिसले बलात्कारमा संलग्न व्यक्तिलाई धरौटीमा छाड्न आदेश दिएपछि पीडित युवतीले विष पिएर आत्महत्या प्रयाश गरेकी छिन् ।

उच्च अदालत पाटन, ललितपुर परिसरमा युवतीले आत्महत्या प्रयास गरेकी थिइन् । विष पिएर छटपटाई रहेको अवस्थामा प्रहरीले उद्दार गरेर पाटन अस्पताल पु-याएको थियो । अहिले उनको आइसीयुमा उपचार भइरहेको छ ।

करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास गरेकी थिइन् । कोष तथा लेखा नियन्त्रक कार्यालयमा कार्यरत अधिकृत प्रमोद मैनाली प्रतिवादी भएको मुद्दामा अदालतले धरौटीमा रिहा गर्न आदेश दिएपछि उनले आत्महत्याको प्रयास गरेकी थिइन् ।

अदालत परिसरमै उनले किटनाशक विषादी सेवन गरेकी थिइन् । यसअघि काठमाडौं जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएपछि ती युवती पाटन पुगेकी थिइन् । पाटनले पनि धरौटीमा छाड्न आदेश दिएपछि उनले आत्महत्या प्रयास गरेकी हुन् ।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ