आइतबार, १६ कात्तिक २०८२

एमालेकाे ११ औँ महाधिवेशन काठमाडाैंमा हुने


काठमाडौं । नेकपा एमालेले ११ औँ महाधिवेशन स्थल परिवर्तन गरेको छ।

गुण्डुमा बसेको सचिवालय बैठकपछि मंसिरमा हुने महाधिवेशन अब काठमाडौंमै गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए।

यसअघि एमालेले महाधिवेशन पोखरामा गर्ने निर्णय गरेको थियो।

 एमालेले मंसिर १३ गते देशभर एकै पटक महाधिवेशन प्रतिनिधि चयन गर्ने भएको छ। उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार अनुसार १२ सय पार्टी सदस्य बराबर १ जना महाधिवेशन प्रतिनिधि हुनेछन्। एक तिहाइ महिला प्रतिनिधि, ४० वर्ष भन्दा मुनिलाई पनि आरक्षण छुट्टाइएको छ। प्रत्येक संघीय निर्वाचन क्षेत्रबाट कम्तीमा एक जना युवा प्रतिनिधि आरक्षण छुट्याइएको बताए।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ