- असार ०६, २०८०
काठमाडाैं । नेकपा एमालेको ११ औँ महाधिवेशन काठमाडौँको भृकुटीमण्डपमा हुने भएको छ।
पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गाैतम महाधिवेशन भृकुटीमण्डपमा हुने जानकारी दिए ।
एमालेले मंसिर २७ गतेदेखि २९ गतेसम्म ११ औँ महाधिवेशन गर्दै छ। यसअघि पोखरामा गर्ने तय भएको महाधिवेशन अन्तिम समयमा काठमाडौँ सारिएको थियो।
यसपाली हुने महाधिवेशनमा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष इश्वर पाेखरेल अध्यक्षमा प्रतिस्पर्धा गर्ने तयारीमा छन् ।
टिप्पणीहरू: