- असार ०६, २०८०
काठमाडौं । नेकपा एमालेले ‘संविधानको रक्षा र लोकतन्त्रको जर्गेनाका निम्ति’ जनपरिचालन कार्यक्रम सञ्चालन गर्ने भएको छ । शनिबार भक्तपुरको गुन्डुमा बसेको सचिवालय बैठकबाट कार्यक्रम तालिका बनाइएको हो ।
मंसिर ६ गते काठमाडौंमा जनसभा गर्ने निर्णय गरेकाे छ । प्रतिनिधिसभा पुनर्स्थापनाका निम्ति दबाबस्वरूप यी कार्यक्रम गरिने उपमहासचिव प्रदिप ज्ञवालीले बताए ।
यही कात्तिक २२ मा वडामा जनभेला र त्यसको तीन दिनपछि २५ गते प्रत्येक पालिकामा प्रदर्शन गर्ने निर्णय गरिएको एमाले ज्ञवालीले जानकारी दिए ।
कात्तिक २९ गते जिल्लाहरूमा जनसभा गर्ने निर्णय गरिएको छ ।
टिप्पणीहरू: