बिहिबार, २१ जेठ २०८३
उत्तर कोरियाको रहस्य : किम जोङ उन किन आफ्नी आमाको बारेमा कहिल्यै कुरा गर्दैनन्

उत्तर कोरियाली नेता किम जोङ उनको वरिपरि रहेका रहस्यहरू मध्ये, उनकी आमाको वरिपरिको गोप्यता स्पष्ट देखिन्छ।



एमालेको सचिवालय बैठक: समानुपातिकको बन्द सूचीबारे छलफल
शुक्रबार, २२ जेठ २०८३

एमालेको सचिवालय बैठक: समानुपातिकको बन्द सूचीबारे छलफल


काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक केन्द्रीय कार्यालय, च्यासलमा सुरु भएको छ।

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले यही पुस १३ र १४ गते समानुपातिकको बन्द सूची पेस गर्न समय निर्धारण गरेका सन्दर्भमा बैठकमा छलफल हुने जनाइएको छ।

एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा निर्वाचित भएपछि यो पहिलो सचिवालय बैठक हो।

बिहान ११ः०० बजे बस्नेगरी तय भएको बैठक सयम परिवर्तन भई २ः३० बजे बसेको हो। महाधिवेशनपछि यही पुस ५ गतेको पहिलो केन्द्रीय कमिटीको बैठकले केन्द्रीय सदस्यमा मनोनयन, स्थायी कमिटी र पोलिटब्युरो गठनलगायतको अधिकार सचिवालयलाई दिएको छ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ