सोमबार, १४ वैशाख २०८३

एमाले प्रदेशसभा सदस्य रेखाकुमारी शर्मा पक्राउ


काठमाडौँ। नेकपा एमालेबाट लुम्बिनी प्रदेशसभा सदस्य रहेकी रेखाकुमारी शर्मा पक्राउ परेकी छन्। उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार राति धुम्बाराहीस्थित निवासबाट पक्राउ गरेको हो।

शर्मामाथि दाङकी एक नाबालिकालाई घरेलु कामदार बनाउँदै हिंसा गरेको आरोप थियो। २०८१ जेठ १४ गते काठमाडौँ महानगरपालिकाले बालुवाटारस्थित शर्माको घरबाट बालिकाको उद्धार गरेको थियो।

उद्धारपछि शर्मामाथि नाबालिकालाई कुटपिट गरेको, बाहिर निस्किन नदिएको, बसोबासको उचित व्यवस्था नगरेको तथा मानसिक पीडा दिएको आरोप लगाइएको थियो। तत्कालिन काठमाडौँ महानगरपालिकाका मेयर रहेका हालका प्रधानमन्त्री बालेन शाहले सार्वजनिक रूपमा यस विषयमा प्रश्न उठाएका थिए।

तत्कालीन अवस्थामा जाहेरी दर्ता भएको दुई महिना बित्दा पनि पक्राउ नगरिएको भन्दै त्यसबेला बालेन शाहले सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेका थिए।

तर २०८१ माघमा शर्माविरुद्ध मुद्दा नचल्ने निर्णय भएको थियो। त्यसपछि शाहले सामाजिक सञ्जालमार्फत माफी माग्दै ‘समय आउने’ उल्लेख गरेका थिए। यो विषय सर्वोच्च अदालतसम्म पुगेको थियो।

महानगरपालिकाले उद्धार गरेपछि बालिकाका बुबाले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए। २०८१ असार २५ गते न्यायाधीश कुमार चुडाल र सुनिलकुमार पोखरेलको इजलासमा सुनुवाइ भएको थियो।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ