- असार ०६, २०८०
काठमाडौं । नेकपा (एमाले) ले नेसनल भोलेन्टियर फोर्स घोषणा गरेको छ ।
अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शुक्रबार कार्की ब्यांक्वेटमा कार्यक्रम गरेर फोर्स घोषणा गरिएको हो ।
एमाले जनसंठन संयन्त्रका प्रमुख भानुभक्त ढकालले फोर्सको नाम घोषणा गरेका हुन् ।
फोर्सको कमान्डरमा युवासंघका पूर्वउपाध्यक्ष पुष्पराज श्रेष्ठलाई तोकिएको छ । उनी वाग्मती प्रदेश कमिटीका सदस्य हुन् ।
दुई जनालाई सह–कमान्डरको जिम्मा दिइएको छ । फोर्समा ११ सदस्यीय केन्द्रीय कमान्ड रहेका छन् ।
टिप्पणीहरू: