आइतबार, २५ जेठ २०८२

‘मर्निङ वाक’मा निस्किएका दुई महिलाको कारको ठक्करबाट मृत्यु


सांकेतिक तस्बिर

कृष्णनगर (कपिलवस्तु)। बुद्धभूमि नगरपालिका–१ वसन्तपुरमा प्रातः भ्रमण (मर्निङ वाक) मा निस्किएका दुई महिलाको कारको ठक्करबाट मृत्यु भएको छ ।

गोरुसिङ्गे–अर्घाखाँची सडक खण्डमा गोरुसिङ्गेतर्फ जाँदै गरेको बीएडी ९५९९ नम्बरको कारले उनीहरूलाई आज बिहान ठक्कर दिएको इलाका प्रहरी कार्यालय, गोरुसिङ्गेका प्रहरी निरीक्षक विराट शर्मा पौडेलले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते भएकी ६० वर्षीय शान्ता खत्री र ६५ वर्षीय तिलकुमारी रायमाझीलाई उपचारका लागि कपिलवस्तु अस्पताल, तौलिहवा लैजाने क्रममा बाटोमा मृत्यु भएको हो ।

कार चालक रुपन्देहीको सैनामैना नगरपालिका –५ निवासी ३२ वर्षीय खिमराज श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ