मङ्गलबार, ३० असार २०८३

विद्युत् कार्यालयको गाडी दुर्घटना हुँदा दुईको मृत्यु, एक घाइते


धरान (सुनसरी) । नेपाल विद्युत् प्राधिकरण धरान कार्यालयको  सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । धरान–इटहरी कोशी लोकमार्गअन्तर्गत इटहरी उपमहानगरपालिका–२० स्थित सेउती पुल नजिक गए राति सवारी दुर्घटना भएको थियो । 

धरानबाट इटहरीतर्फ जाँदै गरेको बा१ञ १६५१ नम्बरको स्कारपियो गाडी राति करिब ११ः३० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए ।

दुर्घटनामा परी गाडी चालक धरान–१३ का बिर्ख राई र नेपाल विद्युत् प्राधिकरणका कर्मचारी धरान–१६ का सुमन आचार्य गम्भीर घाइते भएका थिए । दुवैलाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा राति करिब १२ः४५ बजे चिकित्सकले मृत घोषणा गरेको सूचना अधिकारी खड्काले जानकारी दिए ।

दुर्घटनामा घाइते भएका धरान २० का पदम राईको बिपी प्रतिष्ठानमा उपचार भइरहेको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ