आइतबार, १७ जेठ २०८३

टिकटकर तुलसा अधिकारी पक्राउ


काठमाडौं । टिकटकर तुलसा अधिकारीलाई पक्राउ परेकी छिन् ।

उनलाई थाइल्याण्डबाट पक्राउ गरेर नेपाल ल्याइएको छ ।

उनलाई अहिले ललितपुर प्रहरीको हिरासतमा राखिएकाे प्रहरीले जनाएकाे छ ।

उनीविरुद्ध ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको थियो । उनी भागेर विदेश गएको खुलेपछि रेड नोटिस जारी भएको थियो ।

अनुसन्धानको क्रममा खाता जाँच गर्दा ठूलो रकमको कारोबार भेटिएपछि सम्पत्ति शुद्धीकरणको पनि अनुसन्धान अघि बढाइएको थियो ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ