बुधबार, १३ साउन २०८३

ट्रम्पले भने अमेरिका–इरान सम्झौता निकै नजिक


तेहरान । अमेरिका र इरानबीच महिनौँदेखि जारी तनाव अन्त्यका लागि सम्झौता गर्ने कदमका लागि ठूलो सफलता मिल्ने आशा गरिएको छ । 

इरानका विदेशमन्त्री अब्बास अराघचीले दुई देश सम्झौताका लागि सबैभन्दा नजिक रहेको बताएका छन्। 

यसैगरी, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोशल’ मा सम्झौता नजिक पुगेको भन्ने आफ्नो एक दिन पहिलेको पोस्टलाई पुनः पोष्ट गरेर सम्झौताको सम्भावनालाई थप बढावा दिएका छन् । पोष्टमा राष्ट्रपति ट्रम्पले सम्झौतामा हस्ताक्षर हुन अन्तिम कागजी प्रक्रिया मात्र बाँकी रहेको बताएका छन् । 

प्रस्तावित सम्झौतालाई उद्धृत गर्दै अराघचीले एक्समा लेखेका छन्, “इस्लामाबादको पहलमा भएको यो सम्झौता प्रस्ताव अहिलेसम्मकै सबैभन्दा धेरै बिषयमा सहमति नजिक पुगेकोे सहमति हो ।” 

अराघचीको पोष्टको केही मिनेटपछि राष्ट्रपति ट्रम्पले ट्रुथ सोसल अकाउन्टमा उक्त पोस्ट पुनः पोस्ट गरेका थिए । यसले प्रस्तावित सम्झौताका सर्तहरूमा मतभेदका बाबजुद वार्ता सही दिशामा अघि बढिरहेको बुझ्न सकिन्छ ।

राष्ट्रपति ट्रम्पले सम्झौता पूरा हुने विश्वास व्यक्त गरेको भोलिपल्ट अराघचीको यो टिप्पणी आएको हो । अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकाले भर्खरै इरानसँग युद्धका विषयमा ठूलो सम्झौता गरेको भन्दै सम्झौतामा हस्ताक्षर हुन केही काम मात्र बाँकी रहेको सङ्केत गरेका छन् । 

ट्रम्पले पत्रकारहरुसँग भने “अब केवल कागजातलाई अन्तिम रूप दिन मात्र बाँकी छ । अबको केही दिनमा यो काम सम्पन्न गरिसक्नुपर्छ ।”

शुक्रबार इरानी  विदेशमन्त्री अराघचीले मिडिया संगठनहरू र विश्लेषकहरूलाई वार्ता पूरा नभएसम्म सम्झौताको सामग्रीको बारेमा अनुमान नगर्न आग्रह गरेका थिए । 

उनले भनेका थिए, “जबसम्म यसको अन्तिम निर्णय हुँदैन, तबसम्म मिडियाले यसको सामग्रीको बारेमा अड्कलबाजी गर्नबाट टाढा रहनु पर्छ।”उहाँले  प्रक्रिया पूरा भएपछि विस्तृत विवरण सार्वजनिक गरिने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ । हाम्रो जिम्मेवार र पारदर्शी दृष्टिकोण अनुरूप सबै विवरणहरू सही समयमा जनतासँग साझा गरिनेछ ।

पाकिस्तानद्वारा पुष्टि

पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले अमेरिका र इरानबीच मध्यपूर्वमा युद्ध अन्त्य गर्ने उद्देश्यका साथ भएको सम्झौताका शर्तमा सहमति भएको र मध्यस्थकर्ताले दुवै पक्षसँग सम्झौता गर्न काम गरिरहेको पुष्टि गरेका छन् । 

प्रधानमन्त्री शहबाज सरिफले अमेरिका र इरानबीच सहमतिको सन्देश टुङ्गिएको बताएका छन् । मध्यस्थताको प्रयासमा पहल गरेको पाकिस्तानले यी युद्धरत देशहरूसँग अर्को चरणमा काम गरिरहेको उनले बताए । 

“शान्ति अहिले जस्तो नजिक कहिल्यै थिएन”, शरिफले एक्समा गरेको पोस्टमा भनेका छन्, “इरानले यसै साता अमेरिका र इजरायलसँग तीन दिने गतिरोध जारी राख्दै मध्यपूर्वमा ठूलो मात्रामा युद्ध सुरु गर्ने चेतावनी दिएपछि वार्तामा उल्लेखनीय प्रगति भएको हो ।”

इरानी मिडियाद्वारा १४ बुँदे 'समझदारी पत्र' प्रकाशित

मेहर समाचार एजेन्सीका अनुसार प्रस्तावित ढाँचाले विशेष गरी स्ट्रेट अफ होर्मुज वरपरको तनावको कारण विश्व व्यापार र ऊर्जा बजारलाई धक्का दिएको तीन महिनाको द्वन्द्व अन्त्य गर्न उपायहरू प्रस्तुत गरेको छ । उक्त योजनामा प्रतिबन्धहरू खुकुलो पार्ने, इरानको रोक्का गरिएको सम्पत्तिमा पहुँच र क्षेत्रीय तनाव कम गर्ने उपायहरू समावेश छन् ।

इरानी मिडियाले प्रस्तावित १४ बुँदे समझदारी पत्रको विवरण भन्दै शुक्रबार समाचार प्रकाशित गरेपछि इरानी विदेशमन्त्रीले भनेका थिए “एक्समा एक पोस्ट गर्दै खुलासा गरिएको जानकारी र  लिखित रूपमा सहमति भएका सर्तहरूबीच कुनै सम्बन्ध छैन।”
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ