- भदौ ०२, २०८१
पकिस्तानको सिँन्ध प्रान्तको घोटकी जिल्लामा टिकटक क्रिएटर सुमीरा राजपुतको घरमै शब भेटिएको छ ।
उनकी १५ वर्षकी छोरीले दिएको जानकारी अनुसार केही व्यक्तिले सुमीरालाई विवाहका लागि दवाव दिएका थिए तर, उनले मानेकी थिइनन् । उनलाई विष खुवाएर हत्या गरेको आशंका गरिएको छ ।
उनी प्रसिद्ध डिजिटल कन्टे६ क्रिएटर थिइन् । उनको टिकटकमा ५८ हजार फलोअर्स र १० लाख बढी लाइक थियो । उनकी छोरी पनि टिकटकमा सक्रिय छिन् । उक्त घटनामा प्रहरीले दुई जनालाई हिरासतमा लिएको छ ।
पछिल्लो समय १७ वर्षीया सोसल मिडिया इन्फ्लुएन्सर सना युसुफको इस्लामाबादमा घरमै गोली हानेर हत्या गरिएको थियो ।
टिप्पणीहरू: