- भदौ ०२, २०८१
काठमाडाैं । फिल्म ‘कश्यप’ मा लोकप्रिय टिकटक स्टार तथा इन्फ्लुएन्सर आभा ढुंगाना अभिनेत्रीका रुपमा अनुबन्धित भएकी छन् । निर्देशक दिनेश जी खड्काका अनुसार, कथाको मागअनुसार नयाँ अनुहारलाई अवसर दिन खोजिएको हो र आभाको प्रतिभा तथा परफर्मेन्सलाई ध्यानमा राखी स्क्रिन-टेस्ट गरेरै फाइनल गरिएको हो।
आभाले यसै फिल्मका लागि एक्सनका लागि प्रशिक्षण लिईरहेकी छिन्, जसले उनको भूमिकामा थप दमदार र यथार्थता परक बनाउने अपेक्षा गरिएको छ।
आभा ढुंगाना भन्छिन् “फिल्मको कथा, गीत-संगीत र सम्पूर्ण पक्षलाई उत्कृष्ट बनाउन निर्माण टोलीले अत्यन्तै मेहनत गरिरहेको छ। मलाई विश्वास छ, ‘कश्यप’ले दर्शकहरूलाई मनोरञ्जन मात्र होइन, राम्रो सन्देश पनि दिनेछ।”
एक्सन, प्रेम र म्युजिकल्ली रुपमा उत्कृष्टता दिदैं ‘कश्यप’ पुर्णरुपमा मनोरञ्जनात्मक फिल्म हुनेछ भने चाँडै नै फिल्मको छायाँकन थालनी हुने बताएको छ ।
टिप्पणीहरू: