बिहिबार, २१ जेठ २०८३

टिकटकर तुल्सा अधिकारीलाई थुनामा पठाउन आदेश


काठमाडौं । टिकटकर तुल्सा अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत ललितपुरले आदेश दिएकाे छ । ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो ।

उनलाई प्रहरीले इन्टरपोलको सहयोगमा १७ जेठमा थाइल्यान्डबाट पक्राउ गरी नेपाल ल्याएर अदालतमा पेस गरेको थियो ।

उनीविरुद्ध आपराधिक विश्वासघात, संगठित अपराध, सम्पत्ति शुद्धीकरणसमेतको मुद्दा छ । उनी पछिल्लो समय चीनमा बस्दै आएकी थिइन् ।  

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ