शनिबार, १० साउन २०८२

टिकटकर रमा बस्नेतलाई ३० हजार धरौटीमा छाड्न आदेश


काठमाडाैं । टिकटकर रमा बस्नेतलाई ३० हजार धरौटीमा छाड्न आदेश भएको छ। जिल्ला अदालत काठमाडौँका न्यायाधीश विष्णुप्रसाद उपाध्यायको इजलासले बस्नेतलाई धरौटीमा छाड्न आदेश गरेको हो। 

बस्नेतलाई नेपाल प्रहरीको साइबर ब्युरोले असार १ गते पक्राउ गरेको थियो। टिकटकमा नेताहरूमाथि गालीगलौज गर्दै भिडिओ बनाएको आरोपमा उनी पक्राउ परेकी थिइन्। 

उनलाई सामाजिक सञ्जाल टिकटकमा नियोजित रूपमा जातीय तथा साम्प्रदायिक सद्भावमा खलल पुर्‍याउने, प्रतिष्ठित व्यक्ति र संस्थालाई लक्ष्यित गर्दै तथ्यहीन तथा भ्रामक सामग्री प्रकाशित–प्रसारित गरेको आरोप लगाइएको थियो। 

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ