शुक्रबार, ०५ मंसिर २०८२

जेनजी कुट्ने एमाले नेता साहसहित तीन जना पक्राउ


बारा। सिमरामा जेनजी युवा कुट्ने एमाले नेता पक्राउ परेका छन्।

 बुधवार भएको झडपमा संलग्न रहेका एमाले नेता अरविन्द साह पक्राउ परेका छन्। साहसहित जितपुर सिमरा उपमहानगरपालिका वडा २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ र वडा-६ का कैमुदिन अन्सारीलाई प्रहरीले पक्राउ गरेको हो।

बुधवारदेखि आन्दोलनमा रहेका जेनजीको माग पुरा गर्न जिल्ला प्रशासन कार्यालयले वार्तामा आउन अहवान गरेका थिए। प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले आफै जेनजी संयोजक सम्राट उपाध्यायलाई फोन गरि वार्तामा आउन आव्हवान गरेका थिए।

जेनजी संयोजक उपाध्यायले सुनियोजित तरिकाले आन्दोलन भाँड्ने नेकपा एमालेका युवा नेता अरविन्द साह पक्राउ गरे मात्रै शुक्रबार वार्तामा जाने बताएका थिए। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ