बिहिबार, ०६ कात्तिक २०८२

रुपन्देहीमा दुर्गा मूर्ति विसर्जन गर्ने क्रममा डुबेर तीन जनाकाे मृत्यु


रूपन्देही । रुपन्देहीको गैडहवा गाउँपालिका–६ सूर्यपुराघाटमा दुर्गा मूर्ति विसर्जन गर्ने क्रममा बुधबार तीन जना युवाको डुबेर मृत्यु भएको छ।

मायादेवी गाउँपालिका–१ का १३ वर्षीय अजय हरिजन, १५ वर्षीय दीपु हरिजन र २८ वर्षीय रोहित हरिजनको मृत्यु भएको रुपन्देही प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुरज कार्कीले जानकारी दिए।

प्रहरीका अनुसार दानव र कञ्चन नदीको संगमस्थल सूर्यपुरास्थित सन्तेश्वर घाटमा दिउँसो करिब ३ बजे उनीहरू मूर्ति विसर्जन गर्न पुगेका थिए। विसर्जनका क्रममा उनीहरू नदीमा बेपत्ता भएपछि प्रहरी र स्थानीय बासिन्दाले खोजीकार्य सुरु गरेका थिए।

खोजीका क्रममा करिब २०० मिटर तल तीनै जनाको शव फेला परेको प्रहरीले जनाएको छ। घटनास्थलमै छठ पर्वको तयारी भइरहेको बेला घटेको यस दुर्घटनापछि सूर्यपुरा र मायादेवी क्षेत्र शोकमग्न बनेको स्थानीय सन्दीप गुप्ताले बताएका छन्।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ