बिहिबार, २१ जेठ २०८३
उत्तर कोरियाको रहस्य : किम जोङ उन किन आफ्नी आमाको बारेमा कहिल्यै कुरा गर्दैनन्

उत्तर कोरियाली नेता किम जोङ उनको वरिपरि रहेका रहस्यहरू मध्ये, उनकी आमाको वरिपरिको गोप्यता स्पष्ट देखिन्छ।



अदालतमा आगाे लगाउनेहरु कारबाहीकाे दायरामा !
बिहिबार, २१ जेठ २०८३

अदालतमा आगाे लगाउनेहरु कारबाहीकाे दायरामा !


 काठमाडौं । सर्वोच्च अदालत र काठमाडौं जिल्ला अदालतले प्रहरीमा जाहेरी दिएका छन् ।

जेनजी आन्दोलनको क्रममा भएको तोडफोड र आगजनीको घटना अनुसन्धान गर्न भन्दै जाहेरी परेको हो ।

दुवै अदालतले जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंमा जाहेरी दिएका छन् । अदालतका तर्फबाट जाहेरी आएको परिसरका एसएसपी रमेश थापाले बताए ।

अदालतका तर्फबाट जाहेरी आएपछि अनुसन्धान अघि बढ्ने प्रहरीकाे भनाई छ ।

जाहेरी आएसँगै प्रहरीले अदालत तोडफोड र आगजनी घटनामा संलग्नहरूको खोजी सुरु भएको जनाएकाे छ । सर्वाेच्च र काठमाडाैं जिल्ला अदालत जलाउनेहरुकाे विभिन्न भिडियाे फुटेज यस अघि नै सार्वजनिक भैसकेकाे छ ।

प्रहरीले भिडियाे फुटेजकाे साथै थप अनुसन्धान गरेर घटनामा संलग्नलाई कार्वाहीकाे दायरामा ल्याउने भएकाे छ ।

२३ र २४ भदौमा भएको जेनजी आन्दोलनको क्रममा सर्वोच्च अदालतमा ठूलो क्षति भएको थियो । 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ