मङ्गलबार, १८ कात्तिक २०८२

अदालतमा आगाे लगाउनेहरु कारबाहीकाे दायरामा !


 काठमाडौं । सर्वोच्च अदालत र काठमाडौं जिल्ला अदालतले प्रहरीमा जाहेरी दिएका छन् ।

जेनजी आन्दोलनको क्रममा भएको तोडफोड र आगजनीको घटना अनुसन्धान गर्न भन्दै जाहेरी परेको हो ।

दुवै अदालतले जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंमा जाहेरी दिएका छन् । अदालतका तर्फबाट जाहेरी आएको परिसरका एसएसपी रमेश थापाले बताए ।

अदालतका तर्फबाट जाहेरी आएपछि अनुसन्धान अघि बढ्ने प्रहरीकाे भनाई छ ।

जाहेरी आएसँगै प्रहरीले अदालत तोडफोड र आगजनी घटनामा संलग्नहरूको खोजी सुरु भएको जनाएकाे छ । सर्वाेच्च र काठमाडाैं जिल्ला अदालत जलाउनेहरुकाे विभिन्न भिडियाे फुटेज यस अघि नै सार्वजनिक भैसकेकाे छ ।

प्रहरीले भिडियाे फुटेजकाे साथै थप अनुसन्धान गरेर घटनामा संलग्नलाई कार्वाहीकाे दायरामा ल्याउने भएकाे छ ।

२३ र २४ भदौमा भएको जेनजी आन्दोलनको क्रममा सर्वोच्च अदालतमा ठूलो क्षति भएको थियो । 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ