बिहिबार, २१ जेठ २०८३
उत्तर कोरियाको रहस्य : किम जोङ उन किन आफ्नी आमाको बारेमा कहिल्यै कुरा गर्दैनन्

उत्तर कोरियाली नेता किम जोङ उनको वरिपरि रहेका रहस्यहरू मध्ये, उनकी आमाको वरिपरिको गोप्यता स्पष्ट देखिन्छ।



सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एकै हुन् : रवि लामिछाने
शनिबार, २३ जेठ २०८३

सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एकै हुन् : रवि लामिछाने


काठमाडाैं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एकै भएको बताएका छन् ।

शुक्रबार चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले जेनजी आन्दोलनमा बालबालिकालाई गोली हानिएपछि सिंहदरबार जलेको बताए । 

सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाइएकाले जलेको उनको भनाइ थियो। ‘आजसम्म पनि सिंहदरबार कसले जलायो भन्छन्। सिंहदरबार त्यसैले जलायो, जसले सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनायो, बालबालिकाहरूलाई गोली ठोक्यो,’ उनले भने। 

सिंहदरबार चलाउने र बालबालिकालाई गोली हान्ने एउटै समूह भएको उनको दावी छ। ‘सिंहदरबार जलाउने र बालबालिकालाई गोली ठोक्ने एउटै समूह हो, एउटै मानिसहरू हुन्, एउटै जात छ उनीहरूको। अरु कोही पनि होइन,’ लामिछानेले भने। 

अब आफूहरूले सिंहदरबार बनाउने उनको भनाइ थियो। ‘सिंहदरबार बनाउछौँ पनि बदल्छौँ पनि,’ उनले भने। 

भदाै २३ र २४ मा भएकाे जेनजी आन्दाेलनमा सिंहदरबार जलेकाे थियाे ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ