शुक्रबार, ०९ माघ २०८२

यस वर्षकाे एसइई चैत १९ गतेदेखि, पहिलाे दिन अनिवार्य अंग्रेजी


काठमाडाैं ।  राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरले माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षा तालिका सार्वजनिक गरेको छ।

आगामी चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन गर्न लागिएको एसईईको तालिका बोर्डले सार्वजनिक गरेको हो। बाेर्डले सार्वजनिक गरेकाे सूचना अनुसार पहिलाे दिन अनिवार्य अंग्रेजी विषयकाे परिक्षा हुने छ ।

यस वर्षको एसईईमा सहभागी हुन ५ लाख १७ हजारले परीक्षार्थी सहभागी हुने भएका छन् ।

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका कारण बोर्डले यस वर्षको एसईई १२ दिन पछि सारेको हो। गत वर्ष एसईई चैत ७ गतेदेखि सञ्चालन भएको थियो।  

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ