- असार ०६, २०८०
काठमाडौं । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ ।
सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मंगलबार बसेको बैठकका ४ वटा मुख्य निर्णयहरू सार्वजनिक गरे ।
शिक्षा तथा खेलकुदमन्त्री समेत रहेका पोखरेलका अनुसार, गृह मन्त्रालयको प्रस्तावमा सशस्त्र प्रहरीको एआईजीमा अञ्जनी कुमार पोखरेललाई नियुक्त गर्ने निर्णय भएको छ ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू–
युनाइटेड नेसन इन्भाइरमेन्ट प्रोग्राम (यूएनडीपी) बाट वजन तहरूलाई हानी पुर्याउने पदार्थको व्यवस्थापन र न्यूनीकरणसम्बन्धी मोन्ट्रियल प्रोटोकलको कार्यान्वयनसम्बन्धी सम्झौता स्वीकृत गर्ने ।
सशस्त्र प्रहरी नायब निरीक्षक श्री अञ्जनी कुमार पोखरेललाई सशस्त्र प्रहरी बल नेपालको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गर्ने ।
२०८२ साल भदौ २३ र २४ गतेको प्रदर्शनको क्रममा भएको घटनाको जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेखित सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिस गर्न गठित अध्ययन समितिको कार्यअवधि ४५ दिन थप गर्ने ।
भूमि समस्या समाधान समितिको अध्यक्ष पदमा बलभद्र बास्कोटा, कास्की तथा सदस्य पदमा अमिर प्रसाद न्यौपाने, काठमाडौं र पद्मनिति सोतिल लमजुङ र डा. रोहना श्रेष्ठ, काठमाडौंलाई नियुक्त गर्ने ।
टिप्पणीहरू: