मङ्गलबार, २७ साउन २०८२

आशान्त शर्मा निर्देशित ‘ताराहरू’को ट्रेलरले देखाएकाे समाज


काठमाडौँ । रंगकर्मी आशान्त शर्मा निर्देशित फिल्म ‘ताराहरू’को ट्रेलर सार्वजनिक भएको छ । ३ मिनेट ९ सेकेन्डको ट्रेलरमा मध्यम वर्गीय परिवारले काठमाडौँमा गर्नुपरेको संघर्षको कथा प्रस्तुत गरिएको छ ।

श्रीमान श्रीमतीको सम्बन्धको कथामा आधारित चलचित्रको मुख्य भूमिकामा निर्देशक आशान्त शर्मा, मेनुका प्रधान र मिरा खड्का लगायतको अभिनय देखिन्छ । यी तीन जनाको त्रिकोणात्मक सम्बन्ध ट्रेलरमा देखिन्छ ।

फिल्ममा मेनुका पृथक चरित्रमा देखिएकी छन् । यसअघि क्लासिक पात्रको चरित्रहरुमा देखिने उनी यस चलचित्रमा बोहेमियन अर्थात् सामाजिक/संस्कृतिक रूढीहरू वा परम्परागत अपेक्षामा नबाँधिने, अनौपचारिक तरिकाले जीवन बिताउने पात्रको स्वरुपमा देखिएकी छन् ।

साथै फिल्ममा आभास अधिकारी, मिरा खड्का, कुन्दुन शाक्य, प्रभाकर न्यौपाने, राज पंगेनी शर्मा, प्रमोद यादव, अञ्जली शाह, पुस्कर गुरुङलगायत कलाकारले अभिनय गरेका छन् ।

यसअघि फिल्मको ‘ऐया नि हो’, ‘जाम त भने कुन बाटो जाम त’ बोलको गीत र टिजर सार्वजनिक भइसकेको छ ।

निर्देशक शर्माकै कथा रहेको फिल्म आगामी भदौ ६ देखि प्रदर्शन हुनेछ। फिल्मले निम्न मध्यमवर्गीय परिवारमा जन्मेका व्यक्तिले आफ्नो सपना पूरा गर्न केकस्ता अवरोधहरूको सामना गर्नुपर्छ भन्ने देखाउने छ । यो एक मानसिक स्वास्थ्यसँग सम्बन्धित कथा पनि भएको निर्देशक शर्माको भनाइ छ ।

वेज प्रालिको प्रस्तुति रहेको फिल्मका निर्माता गोपिनी शेडाइँ र कृष्ण प्रसाद पंगेनी शर्मा हुन्। सह-निर्मातामा घनलक्ष्मी शाक्य, जगविजय पंगेनी शर्मा तथा युगविजय पंगेनी शर्मा छन्।

सरद महतोले छायांकन गरेको फिल्ममा विनोद पाण्डेको सम्पादन, अविनाश नापितको भिएफएक्स र विपिन स्थापितको साउन्ड डिजाइन रहेको छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ