सोमबार, १० कात्तिक २०८२

प्रधानमन्त्रीले गरिन् छठी माताको पूजा आराधना


काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले छठ पूजामा सहभागी भई छठी माताको पूजा आराधना गरेकी छिन् । 

प्रधानमन्त्री कार्की आज कमलपोखरीमा पुगेर सूर्यसहित छठी माताको पूजा आराधना गरेकी हुन् । छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ । बर्तालु भक्तजनहरूले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिने परम्परा रहिआएको छ । 

छठ पर्वमा नदी किनार, तालतलैया, पखरीमा पुगेर पूजा आराधना गरिन्छ । त्यसको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर छठ समापन गरिने धार्मिक परम्परा छ । छठ पर्वका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ । 
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ