आइतबार, २५ जेठ २०८२

घट्याे सुनचाँदीको मूल्य, ताेलामा कति ?


फाइल तस्बिर

काठमाडौँ। सोमबारको तुलनामा आज सुनचाँदीको मूल्य केही घटेको छ। सुन तोलामा रु २०० र सोही परिमाणको चाँदी रु १० ले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला सुनको मूल्य एक लाख ९० हजार ९०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदीको मोल रु एक हजार ९९५ निर्धारण भएको छ।

अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ३५५अमेरिकी डलर  कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ