- भदौ ०१, २०८१
तोरखाम (अफगानिस्तान) । पाकिस्तानमा आपवासीहरुको निर्वासन नीतिमा कडाई गरे पछि घर पर्किन बाध्य अफगानहरू जीवन यापन गर्नका लागि अत्यावश्यक पहिचानको अभावमा बहिष्कारको जोखिममा रहेको जनाइएको छ ।
तोरखाम सीमा नाकाबाट अफगान पसेका अफगानहरु आफ्नो सामानहरू बोकेर गृह प्रान्त तिर लाग्दै गर्दा आगामी दिनमा पहिचान कसरी र कहाँ प्राप्त गर्ने विषयमा चिन्त व्यक्त गरेका छन् ।
सेप्टेम्बर २०२३ देखि पाकिस्तान र इरानबाट फर्केका ६१ लाख अफगानहरू मध्ये ८६ प्रतिशत भन्दा बढी आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन (आइओएम) द्वारा कागजातविहीनको रूपमा सूचीबद्ध रहेको जनाइएको छ ।
सीमा अधिकारीहरूले कुनै पनि प्रकारको परिचयपत्र नभएका व्यक्तिहरूको पहिचान प्रमाणित गर्न सम्बन्धित अधिकारीहरूलाई सम्पर्क गर्दा, भर्खरै आएका अफगानहरूका लागि परिचय –पत्र प्राप्तीको प्रक्रिया फरक हुन सक्ने बताएको अधिकारीहरुले बताएका छन् ।
जागिर वा विद्यालयमा स्थान प्राप्त गर्नका लागि आवश्यकताका साथै, आफ्नो जग्गा वा घर छ भनेर प्रमाणित गर्न , राज्यका सुविधाहरू प्राप्त गर्न रदेशमा आवागमन गर्नका लागि, सबै भन्दा पहिले परिचय पत्र आवश्यक रहेको जनाइएको छ ।
आइओएमका क्षेत्रीय संयोजक जियाद सालिहले परिचय पत्रलाई अफगानहरूका लागि अत्यावश्यक विषय भएको वर्णन गर्दै परिचय पत्रको अभावमा उनीहरूलाई प्रशासनिक र सामाजिक बहिष्कारको जोखिममा पारेको बताएका छन् ।
एक पटक अफगानहरू आफ्नो गन्तव्यमा पुगेपछि–प्रायः उनीहरूका आफन्तहरू वर्षौं पहिले भागेका ठाउँहरू–संस्थाहरूसँग उनीहरूको कागजी कार्यका साथ सहयोग गर्न हेल्पलाइन र परियोजनाहरू सक्रिय रहेको जनाइएको छ ।
गत जुनमा संयुक्त राष्ट्रसङ्घले अफगानहरूलाई आगामी तीन वर्षमा १५ लाख पहिचान जन्य कागजातहरू प्राप्त गर्न मद्दत गर्ने उद्देश्यले पहल सुरु गरेको थियो ।
अफगानिस्तानका लागि युएनएचसीआरका प्रतिनिधि अराफात जमालले कागजातको अभावलाई अदृश्य घटनाका रूपमा वर्णन गर्दै “कागजातको अभावमा जीवन यापन गर्न गम्भीर समस्या भएको बताएका छन् ।
अफगानिस्तानमा विश्वव्यापी सहायता कटौतीले ठुलो असर पारेको जनाइएको छ भने निर्वासनका कारण अफगानीस्तान आएकाहरु रोजगारीको अभाव झेलि रहेका छन् ।
टिप्पणीहरू: