आइतबार, २५ जेठ २०८२

ढोरपाटनका मेयर नेपालीलाई २० लाख धरौटीमा छोड्न आदेश


फाइल तस्बिर

काठमाडाैँ। जिल्ला अदालत कास्कीले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा बागलुङकाे ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई २० लाख धरौटीमा छोड्न आदेश दिएको छ।

बिहीबार जिल्ला अदालतका न्यायाधीश कृष्णजंग शाहको इजलासले मेयर नेपालीलाई २० लाख धरौटीमा छोड्न आदेश दिएको हो।

तर, उनले धरौटी नबुझाएपछि अदालतले नियमाअनुसार उनलाई थुनामा राख्न पत्र पठाएको छ। हाल उनी बागलुङ कारगारमा छन्।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ