बुधबार, २४ भदौ २०८३

शहिद परिवारका सदस्यले आपत्ति जनाएपछि शालिक अनावरण नगरी फर्किए गृहमन्त्री


काठमाडौं । ललितपुरकाे सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सभित्र निर्मित जेनजी सहिदहरुको शालिक अनावरण कार्यक्रम राेकिएकाे छ ।

 जेनजी सहिदहरुको अनुहार नमिलेको भन्दै परिवारका सदस्यले असन्तुष्टि जनाएपछि उद्घाटनका लागि पुगेकाे गृहमन्त्री सुदन गुरुङ फर्किएका छन् ।

गत वर्ष भदौ २३ मा भएको जेनजी आन्दोलनमा सहिद भएका युवाहरुको शालिक बनाउने निर्णय सुशीला कार्की नेतृत्वको अन्तरिम मन्त्रीपरिषदले गरेको थियो । 

भदौ २३ को एक वर्ष पुरा भएको अवसरमा आज शालिक अनावरण गर्ने कार्यक्रम थियाे ।

गृहमन्त्री सुदन गुरुङ र पूर्वाधारमन्त्री सुनील लम्साल शालिक निर्माणस्थलमा पुगिसकेका थिए । छाेपेर राखिएकाे शालिककाे आकृतिमा सहिद परिवारका सदस्यले चित्त नबुझाएपछि कार्यक्रम स्थगित भएकाे थियाे ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ