शुक्रबार, २६ भदौ २०८३

स्वास्थ्यमन्त्रीले भनिन्- अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ


काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल परिसरबाहिर प्रसूति भएको घटनाको छानबिन भइरहेको र दोषी देखिए कानुनबमोजिम कारबाही गरिने बताएकी छिन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले शून्य र आकस्मिक समयमा उठाउनुभएको प्रश्नको जवाफ दिँदै उनले घटनाको जानकारी प्राप्त भएलगत्तै अस्पतालसँग २४ घण्टे स्पष्टीकरण मागिएको र अस्पतालबाट स्पष्टीकरण प्राप्त भइसकेको जानकारी दिइन् ।
   
मन्त्री मेहताका अनुसार घटनाको स्थलगत छानबिनका लागि नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा सुप्रभात श्रेष्ठ र एथिकल कमिटीका डा अजय शाहसहित पाँच सदस्यीय टोली राजविराज पुगिसकेको छ । स्वास्थ्य सेवा विभागको उपचारात्मक सेवा महाशाखाका प्रमुख डा पवनजङ्ग रायमाझी पनि टोलीमा सहभागी छन् ।
   
उनले जिल्ला प्रशासन कार्यालय, सप्तरीबाट समेत छानबिन समिति गठन भएको तथा घटनाका समयमा ‘ड्युटी’ मा रहेका अस्पतालका कर्मचारीलाई तत्काल कामकाजबाट हटाई छानबिन अघि बढाइएको जानकारी दिइन् ।
   

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ