सोमबार, ०८ असार २०८३

प्रतिनिधिहरूको नामावली त्रुटि सच्याउने काम नसकिँदा सुरु हुन सकेन बन्दसत्र


चितवन । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन अन्तर्गत प्रतिनिधिहरूको नामावली त्रुटि सच्याउने क्रम नसकिँदा बन्दसत्र सुरू हुने समय नै लम्बिएको छ ।

आज बिहान साढे ८ बजेबाट बन्द सुत्र सुरू गर्ने कार्यतालिका थियो । तर प्रतिनिधिहरूको नामावलीहरू नै टुंगो नलाग्दा तोकिएको समयमा सुरू गर्न समस्या परेको हो ।

रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार प्रतिनिधिहरूको टुंगो लगाउनेक्रम चलिरहेको छ । यो सकिएपछि मात्र प्रतिनिधिहरू निश्चित हुन्छन् । नेताहरूका अनुसार बन्दसत्र सुरू हुन नै अपराह्न  अबेर हुनसक्छ ।

प्रतिनिधिहरूको नाम, थर, ठेगाना नै नमिलेका कारण उनीहरूको कार्ड बन्न सकेको छैन । मधेस लगायतका प्रदेशका त प्रतिनिधिहरू को रहने भन्नेमा पनि विवाद थियो ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ