बिहिबार, २१ जेठ २०८३
उत्तर कोरियाको रहस्य : किम जोङ उन किन आफ्नी आमाको बारेमा कहिल्यै कुरा गर्दैनन्

उत्तर कोरियाली नेता किम जोङ उनको वरिपरि रहेका रहस्यहरू मध्ये, उनकी आमाको वरिपरिको गोप्यता स्पष्ट देखिन्छ।



सुनसरीमा सशस्त्र प्रहरीको लागेर एक जनाको मृत्यु भएपछि लौकही तनावग्रस्त
शुक्रबार, २२ जेठ २०८३

सुनसरीमा सशस्त्र प्रहरीको लागेर एक जनाको मृत्यु भएपछि लौकही तनावग्रस्त


काठमाडौँ। सुनसरीको कोसी गाँउपालिका–१ लौकहीमा सशस्त्र प्रहरीको लागेर एक जनाको मृत्यु भएपछि साे क्षेत्र तनावग्रस्त बनेको छ।

गएराति १ बजे लौकहीमा तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी बलको टोलीले चलाएको गोली लागेर स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भएको थियो।

प्रहरीले साहको हत्या गरेको भन्दै आक्रोशित स्थानीय बासिन्दाले प्रदर्शन गरेपछि लौकही बजार तनावग्रस्त बनेको हाे।

लौकही बजारमा मृतक साहको शव राखेर प्रदर्शन गरेपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएकाे छ। उनीहरूले यातायात ठप्प बनाएका छन् भने सशस्त्र प्रहरीको बिटमा आगजनीसमेत गरेका छन्।

प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेपछि भिड तितरबितर प्रहरीले पार्न हवाई फायर गरेको छ।

स्थानीयले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही र पीडितलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन्।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ